काठमाडौं । जारी दोस्रो केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।
मंगलबार तेस्रो क्वाटरफाइनलतर्फ संकटाले एपिएफ फुटबल क्लबलाई टाईब्रेकरमा ५–३ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा संकटा विजयी बनेको हो ।
त्यस्तै मंगलबार नै सम्पन्न भएको चौथो क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबले ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लब, भुटानलाई १–० ले हराउँदै सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बन्यो ।
अब फागुन १६ गते हुने पहिलो सेमिफाइनलमा संकटाले त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ । त्यस्तै फागुन १७ गते हुने दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुवै सेमिफाइनल खेल दशरथ रंगशालामा हुनेछन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै