सुर्यनगर । प्रभावशाली जितका साथ बाँसबारी क्लब, काठमाडौं यहाँ जारी नवौं सुर्यनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बर्दघाट, नवलपरासी स्थित सुर्यनगर रंगशालामा भएको पहिलो सेमिफाइनलमा बाँसबारीले चारतारे युवा क्लब, मोरङलाई ३–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । खेलमा बाँसबारीका सन्दिप लिम्बु म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत फागुन १४ गते बुधबारको दोस्रो सेमिफाइनल खेल बिरगंज युनाइटेड, बिरगंज र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।
श्री नवयुवा क्लब, बर्दघाट, नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,६६,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३,३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १६ गतेका दिन हुनेछ ।
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा