News तेस्रो बेगनास कप फागुन १६ गतेदेखि
गोलनेपाल

वेगनास । ’सभ्यता र संस्कृतिका लागि खेलकुद’भन्ने उदेश्यका साथ फागुन १६ गते देखि २२ गते सम्म वेगनासताल किनारमा तेस्रो संस्करणको वेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ ।

युवालाई लगानी गरौं भन्ने सोचलाई मुर्त रुप दिनका लागि आयोजक वेगनास युवा क्लवले उक्त प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक बिज्ञान कोईरालाले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले रु १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा अनुशासित टिमले रु ८ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५–५ हजार प्राप्तगर्नेछन् ।

प्रतियोगिता संचालनगर्न रु ९ लाख७६ हजार १ सय १० खर्च लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष निनेन लालचनले जानकारी दिए । वेगनासताल वाध नजिकैको खेल मैदानमा हुने खेलमा करिव ४० टिम हुने अनुमान गरिएको पनि अध्यक्ष लालचनले बताएका छन् ।

त्यस्तै प्रतियोगिताको लागि फागुन १ गते देखि फागुन १४ गते सम्म टिमदर्ता खुला गरेको क्लबले जनाएको छ भने दर्ताको लागि रु ६ हजार ५ सय तोकिएको छ ।

 

Post Comments