
बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३-० गोलअन्तरले पराजित गर्दै कनकाई अन्तरपालिका महिला फुटबलको च्याम्पियन बनेको हो ।
कनकाईको जितमा सिम्रन राई र पूर्णिमा राईले गोल गरेकी हुन् । पहिलो हाफको ७ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो ।
खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी, सिम्रन राईले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल तथा टिमका लागि तेस्रो गोल गरेकी हुन् ।
फाइनल खेलमा एक गोल गरेकी कनकाईकी पूर्णिमा राई प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । यस्तै, कनकाईकी सुशिला चौधरी बेस्ट किपर, कप्तान खुस्मा राई बेस्ट डिफेन्डर र बेस्ट मिडफिल्डर सिम्रन राई भइन् । उनीहरुले जनही ७-७ हजार पाए ।
यसैगरी, अर्जुनधाराकी जेनिफर रानामगर सर्वोत्कृष्ट खेलाडी बन्दै नगद १५ हजार पाउन सफल भइन् । यससँगै खेलमा सर्वाधिक १० गोल गरेकी जेनिफरले थप ७ हजार र खेलप्रेमीबाट २ हजार ५ सय नगदसहित ट्रफी पाइन् । उनले एप्पल वाच पनि पुरस्कार पाइन् ।
यस्तै, अर्जुनधाराकी कुसुम खतिवडाले बेस्ट फरवार्डको उपाधिसहित नगद ७ हजार पाइन् । उपविजेता बनेको अर्जुनधारा नगरपालिकाले ट्रफीसहित नगद १ लाख ५० हजार पाएको छ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- स्व.लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप: शिवसताक्षी सेमिफाईनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- न्यु स्टार क्लब सेमीफाइनलमा
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै