दियोबजार । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजार, रुपन्देहीको आयोजनामा वार्षिक रुपमा हुँदै आएको कञ्चन कपको १६औं संस्करणको तयारी पूरा भएको छ ।
फागुन ५ गते सोमबारदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । कञ्चन–४ स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा फागुन ५ गते सैनामैना कलेज, सैनामैना र राजेश स्मृति फाउण्डेशन, कपिलवस्तु भिड्ने छन् । फाइनल भने फागुन १४ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रकाश थापाले बताए । अध्यक्ष थापाले प्रतियोगिताको सबै तयारी पूरा भएको र प्रतियोगिता सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको समेत बताए ।
कञ्चन गाउँपालिका, रुपन्देहीको विशेष सहयोग रहने प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने