News एपिएफ बागमती गोल्डकपको क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

झुरझुरे । विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं जारी सातौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार दस खेलाडीमा सिमित हुनुका बावजुफ एपीएफले हनामी बिएफसी, चितवनलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलको ६४औं मिनेटमा एपिएफका प्रदिप लामाले रातो कार्ड खाँदै मैदान छाड्दा विभागीय टोली दस खेलाडीमा सिमित बनेको थियो । यधपी एपीएफले निर्धारित समयको खेल गोलरहित बराबरी खेल्न सफल भयो ।

टाईब्रेकरमा भने एपीएफले ३-१ को जित निकाल्दै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो । खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत फागुन ५ गते सोमबारको पहिलो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र चर्च ब्वाइज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।

Post Comments