
हेटौडा । विहानी स्पोर्टस् क्लव, हेटौडाको आयोजनामा भएको ‘विहानी कप एट ए साइड फुटबल प्रतियोगिता’ को उपाधि एडी एफसी हेटौडाले जितेको छ ।
सोमबार भएको फाइनल भिडन्तमा सिद्धबाबा क्लव अमलेखगञ्जलाई टाइब्रेकरमा हराउँदै एडी एफसीले उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो ।
विजेता बनेको एडी एफसीले उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता सिद्धबाबाले १५ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । फाइनल खेलको म्यान अफ द म्याच एडी एफसीका काइस लामा भए ।
त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी आयोजक विहानी क्लवका मनोज बिष्ट, उत्कृष्ट गोलरक्षक सिद्धबाबाका प्रकाश लामा, उत्कृष्ट प्रशिक्षक एडी एफसीका आशिष अधिकारी र सर्वाधिक गोलकर्ता एडी एफसीकै ऋषि लामा भए ।
गत शुक्रबारबाट शुरु भएको प्रतियोगितामा कुल २२ टिमहरुको सहभागिता रहेको थियो । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुर जिल्ला खेलकुद विकास समितिका सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा लगायतले पुरस्कृत गरेका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा