काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको वास्तविक जिवनमा आधारित नेपाली चलचित्र ‘अन्जिला’ को टिजर सार्वजनिक गरिएको छ ।
मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा अन्जिला आफै मुख्य भूमिकामा छिन् । अन्जिलाको सानोदेखि संघर्षसँगै राष्ट्रिय टोलीका लागि खेल्दासम्मको घटनाक्रमलाई चलचित्रमा देखाइएको टिजरमा छ ।
चर्चित नायक दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा अन्जिलाको मातापिताको भूमिकामा देखिएका छन् । त्यसबाहेक चलचित्रमा सुनिल थापा, बुद्धि तामाङजस्ता दिग्गज र चर्चित अभिनेताहरुको पनि अभिनय रहेको छ ।
चलचित्रको छाँयाकंन अन्जिला कै जन्मथलो इलामसँगै, झापा र काठमाडौं लगायतका स्थानहरुमा गरिएको निर्माण पक्षले जनाएको छ । मुन लभ इन्टरटेनमेण्टको ब्यानरमा निर्मित चलचित्र नेपालमा आउँदो फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश
- आत्मा पवित्र सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- हिरा, अनिता र निशाले मलेसियन लिगमा खेल्ने