News मच्छिन्द्र आहा! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
उमेश पुन

पोखरा । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं जारी २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ मच्छिन्द्रले विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौंलाई २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि खेलको ७४औं मिनटमा आदित्य शाक्यले गोल गरे भने ८२औं मिनटमा स्टेफनले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

खेलमा मच्छिन्द्र कै गोलकर्ता स्टेफन खेलको म्यान अफ दि म्याच पनि घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत माघ २४ गते बिहीबारको खेल न्युरोडटिम (एनआरटी) र चर्च ब्वाईज युनाइटेड बीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।

Post Comments