News पूर्वेली भेट्रान सेमिफाइनलमा
गोलनेपाल

सुन्दरहरैचा । पूर्वेली भेट्रान, झापा जारी चौथो बराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको क्वाटरफाइनलतर्फ पूर्वेली भेट्रानले राजारान भेट्रान, धनकुटालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा पूर्वेली भेट्रानका कप्तान सन्तोष राई म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ २३ गते बुधबारको क्वाटरफाइनल खेल आयोजक बिराट भेट्रान (ए), मोरङ र हाम्रो धरान भेट्रान, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

बिराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २६ गतेका दिन हुनेछ ।

Post Comments