News झापाः यु-१८ फुटबलमा अर्जुनधारा १ र ३ विजयी
रमेश समदर्शी

शनिश्चरे (झापा) । यहाँ जारी तेस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा आज अर्जुनधारा १ र ३ नम्बर वडा विजयी भएका छन् । पहिलो खेलमा अर्जुनधारा १ ले ४ नम्बर वडालाई २-० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

उसका लागि रविन गोले र गणेश गजमेरले गोल गरेका हुन् । यसैगरी, अर्जुनधारा ३ नम्बर वडाले ७ नम्बर वडालाई २-० गोलअन्तरले पराजित गरेको छ । ३ नम्बर वडाका लागि रोशिक गिरीले दुवै गोल गरेका हुन् । जितसँगै अर्जुनधारा १ र ३ नम्बर वडा सेमिफाइनल प्रवेश गरेका छन् ।

पहिलो खेलको प्लेयर अफ दी म्याच अर्जुनधारा १ का रविन गोले र दोस्रो खेलमा अर्जुनधारा ३ का रोशिक गिरी घोषित भए । उनीहरुले जनही १-१ हजारसहित जोया ब्राण्डको टिसर्ट पाएका छन् ।

Post Comments