बुटवल । रुपन्देहीको बुटवललाई कर्मथलो बनाएर लामो समयदेखि फुटबल र अन्य खेलकुदसँगै सामाजिक कार्यमा समेत सक्रिय रहेको राधाकृष्ण युवा क्लब, बुटवलको १८औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ ।
क्लब कै भवनमा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट युवा फुटबल अभियन्ता रिम बहादुर सारी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजकुमार भट्टराई र उपाध्यक्षमा सुमित खनाल चयन भएका छन् ।
त्यस्तै सचिवमा शंकर परियार र सह–सचिवमा कविता सुनार चयन भएका छन् भने कोषाध्यक्षमा जिल्ला कै क्लब कै पूर्व अनुभवी खेलाडी विश्वजित ताम्राकार चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भने सन्तोष भण्डारी, दिनेश पाण्डे, शुशान्त राज पाण्डे, अमृत मल्ल, बिक्रम तिवारी, पदमा नेपाली र संगिता रणपाल चयन भएका छन् ।
निर्विरोध चयन भएका क्लबका अध्यक्ष रिम सारुले क्लबमा सबैलाई मिलाएर अगाडी बढ्ने बताए । क्लबका अपुरा काम र भईरहेका कार्यहरुलाई आउने दिनहरुमा पनि निरन्तरता दिने बताए । साथै आफ्नो यो कार्य र अभियानमा सबैको साथ र सहयोगको अपेक्षा रहेको समेत बताए ।