घोराही । ‘स्वस्थ्य युवा, अनुशासित नेतृत्व र आत्मविश्वास निर्माण, खेल संस्कार र खेलकुदलाई व्यावसायिक रुपान्तरण’ भन्ने नाराका साथ लुम्बिनी फुटबल एकेडेमी, घोराही–१८, दाङको आयोजनामा यही माघ २८ गतेदेखि लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक लुम्बिनी फुटबल एकेडेमी कै खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्ने आयोजक एकेडेमीका समिर वलीले जानकारी दिए ।
त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । स्मरण रहोस, लुम्बिनी फुटबल एकेडेमीले आफ्नै खर्चमा फुटबल एकेडेमी सञ्चालन गरेर युवा खेलाडीहरुलाई दक्ष र अनुभवी प्रशिक्षकद्वारा नियमित फुटबल प्रशिक्षण समेत दिंदै आएको छ ।
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा