News
युथ लिगमा पुलिस र शेर्पाको जित
काठमाडौं । एन्फा यु–१६ युथ लिग अन्तर्गत बुधबार नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले आ–आफ्नो खेलहरुमा जित हात पार्दै महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा पुलिसले सातदोबाटो युथ क्लबलाई ८–० को फराकिलो अन्तरले हरायो । पुलिसको जितमा नबिन गौतमले ह्याट्रिक गरे भने समिर कुमारले दुई गोल गरे । त्यस्तै समिर राई, किरन राज गिरी र रोहन पोखरेलले थप एक–एक गोल गरे ।
उता अर्को खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई २–१ ले हरायो । शेर्पाको जितमा सुजन स्याङतनले निर्णायक दुई गोल गरे । पराजित फ्रेण्डसका लागि भने कृष कटुवालले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)