News
थ्रीस्टार र एपिएफको सहज जित

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार थ्रीस्टार फुटबल क्लब र एपिएफ फुटबल क्लबले सहज जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले एफसी खुमलटारलाई ५–१ ले हरायो । यो जितपछि ६ खेलबाट १६ अंक जोडेको थ्रीस्टार लिगतालिकाको दोस्रो स्थानमा छ । पराजित खुमलटार भने अंकविहीन रुपमा दशौं स्थानमा छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी फुटबल क्लबमाथि १३–० को एकतर्फी र फराकिलो जित निकाल्यो । यो जितपछि १७ खेलबाट १७ अंक जोडेको एपिएफ शिर्ष स्थानमा छ । पराजित आर्मी भने अंकविहीन रुपमा पुछारमा छ ।
Post Comments
Related News
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यु
- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पायो पहिलो विदेशी प्रो लाईसेन्स प्रशिक्षक
- मनास्लुलाई तेश्रो वडा अध्यक्ष कपको उपाधि