News रतनपुर युनाइटेड तेस्रो ल्होसार कपको सेमिफाइनलमा
गोलनेपाल

निजगढ । रतनपुर युनाईटेड क्लब यहाँ जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलतर्फ रतनपुरले रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई २-० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

बुद्धचोक खेलमैदानमा भएको खेलमा रतनपुरका लागि कुलदिप कार्की र दिपेश गुरोले गोल गरे । खेलमा रतनपुर कै आनन्द गुरो म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ९ गते बुधबारको पहिलो सेमिफाइनल खेल बिरगंज युनाइटेड क्लब र एभरेष्ट एकेडेमी बीक हुने आयोजकले जानकारी दियो ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।

Post Comments