काठमाडौं । एलिसन स्पोर्टस प्रा.लि. को आयोजनामा यही पुस २९ गते जुनियर (यु–१७) तथा सिनियर महिला फुटसल प्रतियोगिता हुने भएको छ ।
रोयल नेपाल फुटसल कोर्टमा हुने प्रतियोगिताको यही पुस २५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । प्रतियोगिताको टिमदर्ता शुल्क सिनियरतर्फ ३५०० र जुनियरतर्फ २५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको सिनियर विधातर्फ विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै जुनियरतर्फ विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसबोहक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9851353552, 9852056497 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
- ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
- रुपन्देहीमा अन्तर माविस्तरीय अक्सफोर्ड नेपाल फुटसल कप हुँदै
- बुद्ध युवा क्लबलाई दोस्रो बेस्ट लाईफ कप रिकभरी फुटसलको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न