News बुद्ध युवा क्लबलाई दोस्रो बेस्ट लाईफ कप रिकभरी फुटसलको उपाधि
सुरज राना मगर

बुटवल । लागुपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारी बेस्ट लाईफ केयर रिह्याब एण्ड हेल्थ केयर सेन्टर, बुटवल, रुपन्देहीको आयोजनामा एक दिने फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

दुव्र्यसनमुक्त भएका युवाहरुबीच भाईचारा र एकता कायम गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगिताको उपाधि बुद्ध युवा क्लब एण्ड रिह्याब सेन्टर, भैरहवाले जितेको छ । फाइनलमा बुद्ध युवाद्वारा एडिक्सन रेस्क्यु नेपालको टिम ९–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

विजेता बनेको बुद्ध युवा क्लबले उपाधिसहित नगद ४० हजार हात पार्दा उपविजेता एडिक्सन रेस्क्यु नेपालले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक रोशन थापा क्षेत्रीले बताए ।

व्यक्तिगत विधातर्फ एडिक्सन रेस्क्यु नेपालका राजन श्रेष्ठ सर्वश्रेष्ठ खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक बुद्ध युवाका युकी थकाली बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि बुद्ध युवा कै सन्तोष सुनारले हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी चौराह हस्पिटल, बुटवलका प्रबन्ध निर्देशक बिरु भण्डारी, विशिष्ठ अतिथी बुटवल उपमहानगरपालिका वार्ड नम्बर ३ की वार्ड सदस्य पवित्रा देवी श्रेष्ठ, कार्यक्रम संयोजक रोशन थापा क्षेत्री लगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई कार्यक्रम संयोजक रोशन थापा क्षेत्रीले आभार र धन्यवाद समेत प्रकट गरे ।

Post Comments