News पथलैया नकआउट फूटबलको उपाधीका लागि रामवन र चकरी भिड्ने
गोलनेपाल

सिमरा । पथलैया नकआउट फूटबल प्रतियोगिताको उपाधीका लागि रामवन कुनाटोल र चकरी फूटबल क्लब भिड्ने भएका छन् ।

गैरी खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा नव जनजागृती भेट्रान क्लबलाई २-१ ले पराजित गर्दै रामवन सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल खेलको प्लेयर अफ दि म्याच रामवनका कृपा चौधरी घोषित भए । उनलाई पथलैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुरेश लामाले पुरस्कृत गरेका थिए ।

यसअघि पहिलो सेमिफाइनल खेलमा थानीमाई फूटबल क्लबलाई १-० ले पराजित गर्दै चकरी फूटबल क्लब फाइनलमा प्रवेश गरिसकेको छ ।

Post Comments