News
बौद्ध र फ्रिडम ‘बी’ फाइनलमा
काठमाडौं । बौद्ध भेट्रान र फ्रिडम फाइटर क्लब ‘बी’ चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
चावहिलमा भइरहेको प्रतियोगितामा बौद्धले फ्रिडम फाइटर क्लब ‘ए’ लाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । बौद्धका गोलरक्षक धर्मेन्द्र लामा ‘म्यान अफ द म्याच’ घोषित भए ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा फ्रिडम फाइटर क्लब ‘बी’ ले जोरपाटी एफसीलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि राजु तामाङले २ तथा निलेन्द्र देवानले १ गोल गरे । जोरपाटीका राकेश लामाले सान्त्वना गोल फर्काए । विजेताका नारोत्तम गौतम ‘म्यान अफ द म्याच’ चुनिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)