पथरी । रासस मोरङ शुनवर्शी १ की कमला श्रेष्ठ ५ महिना अघि सम्म फुटवल मैदानमा प्रतिस्पर्दी संग लडिरहेकी थिन । केहि महिना अघि सम्म महिला फुटवल लिगमा कर्णालीवाट मैदानमा प्रतिष्पर्धी संग लडिरहेकी कमला अहिले क्यान्सर रोग संग लड्दैछिन् ।
केहि समय अघि मैदानमा प्रतिस्पर्दा गरि रहेकी कमलाको दिनचार्य आज भोली फेरीएको छ । उनी मैदानमा विपक्षी टोली संग नभइ क्यान्सर रोग संग लडिरहेकी छन् । मोरङ्ग सुनवर्सी १ की कमला अहिले उपचारका लागी भारतमा छिन । १ महिना अघि सिस्टको शंका लागेर धरान स्थीत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न गएकी कमलालाई त्यहिको परिक्षणवाट पाठेघरको क्यान्सर प्रमाणीत भएको हो ।
पथरी शनिश्चरे स्थीत वुद्ध मावीको खेल मैदानवाट फुटवल खेल्न सिकेकी उनले पछिल्लो वर्ष भारतका मैदानमा समेत उत्रिएकी थिइन । मेन डिफेन्सका रुपमा मैदानमा उत्रिने कमला अहिले भने क्यान्सरको उपचार गर्न भारत जादै छिन । उपचार पछि फेरी मैदानमा उत्रिएर खेल्ने सपनाका साथ उपचालमा लागेकी हुन । राष्ट्रिय जर्सीमा एक पटक भए पनि मैदानमा प्रबेश गर्ने र खेलप्रेमी दर्शकमा उत्साह भर्ने सपना बोकेर करण उपचारमा थप प्रेरणा मिलेको छ ।
आर्थिक अवस्था कमजोर भएकी उनलाई उपचारका लागी अहिले फुटवल खेलाडी देखी शुभेच्छुक सम्मले आर्थिक सहयोग गरि रहेका छन । उपचार महङ्गो भएका कारण लामो समय घरमै रोग पालेर बसेको उनका वुवाले वताए । उनले भने ‘धेरै स्थान उपाचारका लागी चाहरिसकीयो तर बल्ल रोग पत्ता लागेको छ उपचारका लागी खर्च छैन, त्यो सहयोगले मात्र प्रयाप्त भएन खै कसरी खर्च जुटाउने समस्या भएको छ’।
नेपाली राष्ट्रिय जर्सीमा मैदान उत्रिने सपना बोकेकी कमलाले मोरङ पथरी शनिश्चरे महिला फुटबल क्लबवाट फुटबल खेल्न सुरु गरेकी उनले पछिल्लो समय स्थानिय केचना महिला फुटबल टोलीको नेतृत्व गरिरहेकी थिइन । जिल्ला स्तरीय लिग देखी राष्ट्रिय महिला लिग सम्ममा आफ्नो खेल कौशल प्रर्दशन गरिसकेकी उनलाई उनकै वुवाको प्रेरणाले फुटबल तर्फ आर्कषण वडेको उनि बताउछिन ।