News
मोरङमा तेस्रो मच्छिन्द्र कप हुँदै

केराबारी । ऐतिहासिक मच्छिन्द्र मेलाको अवसर पारी केराबारी फुटबल क्लब, केराबारी गाउँपालिका, मोरङको आयोजनामा यही पुष १९ देखि २६ गतेसम्म तेस्रो मच्छिन्द्र कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता भव्यताका साथ आयोजनाका लागि खेलमैदान व्यवस्थापन, मर्मत सम्भार लगायत आवश्यक भौतिक, आर्थिक र प्राविधिक कामहरु पनि शुरु गरिसकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरस्कार राशी, खर्च विवरण लगायतका अन्य विस्तृत कुराहरु पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक रुपमा जानकारी गराईने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments
Related News
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि