काठमाडौं । साविक विजेता गेटवे एकेडेमीले १७औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।
मूलपानी मैदानमा भएको उद्घाटन खेलमा गेटवेले हाइल्यान्डलाई ६–१ गोले पराजित गर्यो । गेटवेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा २५ टिम सहभागी छन् ।
प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।
प्रतियोगिताअन्तर्गत शनिबार ४ खेल हुने फेकाका सह–सचिव एवं प्रतियोगिता संयोजक राजु दाहालले जानकारी गराए । न्यु स्टार पोल र विद्या विकास, गोठाटार र उज्ज्वल तारा, एकलब्य र कोटदेवी तथा कस्मिक र एप्पल भिड्ने छन् । फाइनल पुस ६ गते हुनेछ ।
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन