News
बागमतीकी सन्जी थिङ कुवेत प्रस्थान

काठमाडौं । मोफसलको परिचित बागमती युवा क्लब, सर्लाहीलाई महिला फुटबलमा फरक उचाईं र पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेकी महिला फुटबल खेलाडी सन्जी थिङ पनि विदेश प्रस्थान गरेकी छिन् ।
राष्ट्रिय महिला लिगमा बागमतीका लागि उत्कृष्ट प्रदर्शन समेत गरेकी सन्जी थिङ आफ्नो करियर र सुनिश्चित भविष्यका लागि कुवेत प्रस्थान गरेकी हुन् । विदेश पुग्ने उनी पहिलो नेपाली महिला खेलाडी भने होईनन् ।
नेपाली खेलकुद र खासगरी फुटबलमा भविष्य नदेखेकै कारण खेलाडीसँगै रेफ्री र प्रशिक्षकहरु पनि विदेश पलायन भईरहेका छन् । र, यो सूची अझै लम्बिने निश्चित पनि छ ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
- नेपालको लगातार दोस्रो जितमा साबित्राको लगातार दोस्रो ह्याट्रिक
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग