News गोदावरी मेयरकपः टीकाभैरबलाई हराउँदै गोदावरी विजेता
गोलनेपाल

वडा नम्बर ३ गोदावरीले गोदावरी नगरपालिका अन्तर वडाब्यापी मेयर कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार टाहाखेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ टीकाभैरबलाई २–० ले हराउँदै गोदावरीले मेयरकप फुटबलको उपाधि जितेको हो । उपाधि विजेता गोदावरीले एक लाख नगदसहित ट्र«फि पाएको छ । उपविजेता टीकाभैरबले ५० हजार नगदसहित ट्रफि पाएको छ । गोदावरीको जितमा दुबै गोल कप्तान पासाङ लामाले गरे । वडा नम्बर २ विशंखुनारायणलाई ३–१ ल्ो हराउँदै टीकाभैरब अन्तिम दुईमा पुगेको हो भने अर्को सेमिफाइनलमा वडा नम्बर ११ चापागाउँलाई १–० ले हराउँदै गोदावरीले फाइनमा स्थान पक्का गरेको थियो ।

उपाधि विजेता गोदावरीले प्रिक्बार्टरमा वडा नम्बर १० टाहाखेललाई तथा अन्तिम आठमा वडा नम्बर १ गोदामचौरलाई समान ४–० को अन्तरले हराएको थियो । गोदावरी नगरभित्रका १४ मध्ये १३ वटा वडाहरुबीच भएको प्रतियोगिताको फेयर प्ले टिमको उपाधि वडा नम्बर १ गोदामचौरले जितेको छ । फेयर प्ले टिमले गोदामचौरले २५ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा वडा नम्बर ३ का पासाङ लामा , उेत्कृष्ट गोलकिपरमा गोदावरीका विवेक सिल्वाल, उत्कृष्ट डिफेन्डर टीकाभैरबका श्रीराम थापा, उत्कृष्ट प्रशिक्षक ३ नम्बर वडाकै डम्बर बहादुर स्याङताङ घोषित भए गोदावरीकै सायर तामाङ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिता अबधिभर ५ गोल गरे । इमर्जिङ प्लेयरको उपाधी वडा नम्बर ७ देवीचौरका मदन थिङ भए ।

प्रत्येक विधागत उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपर , गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले पुरस्कारसहित नगद ५ –५ हजार पाएका छन् । विजेता र उपविजेतासहित उत्कृष्ट प्रशिक्षक तथा खेलाडीलाई बाग्मती प्रदेशका यूवा तथा खेलकुद मन्त्री मिनकृष्ण मर्हजन , बाग्मती प्रदेशसभा सदस्य मधुसुदन पौडेल र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले पुरस्कार वितरण गरे । पुरस्कार वितरणको समारोहमा भब्य अतासबाजी गरिएको थियो ।

विजेता गोदावरीले पहिलो खेलमा वडा नम्बर १० टाहाखेललाई ४–० ले तथा अन्तिम आठमा वडा नम्बर १ गोदामचौरलाई तथा सेमिफाइनलमा वडा नम्बर ११ लाई १–० ले हराएको थियो । करिब ७ महिनाअघि पनि यही रंगशालाको मैदानमा पहिलो उपत्यकाब्यापी अन्तरपालिका मेयरकप फुटबल प्रतियोगिता संचालन भएको थियो । आउने फागुनको अन्तिम साता या चैतभित्र दोस्रो संस्करणको अन्तरपालिका उपत्यकाब्यापी मेयर कप फुटबल प्रतियोगिता गराउने तयारी छ ।

Post Comments