काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही मंसिर २९ देखि पुष २७ गतेसम्म चितवनमा आयोजना हुन गईरहेको एन्फा महिला लिग (अन्तिम चरण) मा कोशी प्रदेश फुटबल महिला फुटबल टिमले सहभागिता नजनाउने भएको छ ।
एन्फाका अनुसार कोशी प्रदेशले पत्राचार गरी लिगमा सहभागि हुन नसक्ने जानकारी गराएको हो । निकट स्रोतका अनुसार कोशीले आर्थिक समस्या कै कारण लिगमा सहभागि हुन असमर्थ रहेको बताइएको छ ।
लिगमा कोशीले नखेल्ने भएपछि लिगको पहिलो चरणतर्फ पाँचौं स्थानको कोशीपछि छैठौं स्थानमा रहेको बागमती युवा क्लब, सर्लाहीले सहभागिता जनाउने अवसर पाएको हो । एन्फाले बागमतीलाई यही मंसिर २१ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरी टिमदर्ता गर्न जानकारी गराईसकेको छ ।
स्मरण रहोस, गत भदौ–असोजमा सम्पन्न महिला लिगको पहिलो चरणबाट कोशी प्रदेश शिर्ष पाँचमा रहेर अन्तिम चरणका लागि छनौट भएको थियो । जसमा कोशी बाहेक तीन विभागीय टोली एपिएफ, आर्मी, पुलिस र वालिङ नगरपालिका थिए । बागमती भने छैठौं स्थानमा थियो । अब कोशीले सहभागि नहुने भएपछि एन्फाले वरियता अनुसार छैठौं स्थानमा रहेको बागमतीलाई अवसर दिने भएको हो ।

- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित