News मिलन निर्णायक बन्दा आरएफसी धरान फाइनलमा
गोलनेपाल

सुन्दरहरैचा । आरएफसी धरान यहाँ जारी स्व. दिपेश गुरुङ्ग स्मृति चौथो सुकुना च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलतर्फ आरएफसीले आरआइएफसी काठमाडौंलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । आरएफसी धरानका लागि दुवै गोल मिलन लिम्बुले गरे ।

धराने टोलीको जितमा निर्णायक दुई गोल गरेका लिम्बु नै खेलको म्यान अफ दि म्याच पनि चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर १३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल कार्की ब्रदर्श, तेह्रथुम र इन्ट्रा पथरी–११ एफसी, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा–१२, खोर्साने मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर १५ गतेका दिन हुनेछ ।

Post Comments