सुन्दरहरैचा । कार्की ब्रदर, छथर यहाँ जारी स्व. दिपेश गुरुङ्ग स्मृति चौथो सुकुना च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा कार्की ब्रदर्शले बिराटनगर स्पोर्टस एकेडेमी, मोरङलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
कार्की ब्रदर्शका लागि मौसम राई र मिलन चाम्लिङ राईले गोल गरेका थिए । खेलमा कार्की ब्रदर्श कै गोलकर्ता मिलन चाम्लिङ राई म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत मंसिर १२ गते बुधबारको पहिलो सेमिफाइनल खेल आरएफसी, धरान र आरआईएफसी, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा–१२, खोर्साने मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर १५ गतेका दिन हुनेछ ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा