News कार्की ब्रदर्श सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सुन्दरहरैचा । कार्की ब्रदर, छथर यहाँ जारी स्व. दिपेश गुरुङ्ग स्मृति चौथो सुकुना च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा कार्की ब्रदर्शले बिराटनगर स्पोर्टस एकेडेमी, मोरङलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

कार्की ब्रदर्शका लागि मौसम राई र मिलन चाम्लिङ राईले गोल गरेका थिए । खेलमा कार्की ब्रदर्श कै गोलकर्ता मिलन चाम्लिङ राई म्यान अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत मंसिर १२ गते बुधबारको पहिलो सेमिफाइनल खेल आरएफसी, धरान र आरआईएफसी, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा–१२, खोर्साने मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर १५ गतेका दिन हुनेछ ।

 

Post Comments