News
अमिषा आर्मीको सहायक सेनानीमा नाम निकाल्न सफल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य अमिषा कार्की आधिकारिक रुपमा नेपाल आर्मीमा छनौट भएकी छिन् । अर्थात् अमिषाले परीक्षा पास गर्दै सेनामा नाम निकाल्न सफल भएकी हुन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी आशालाग्दा फरवार्ड समेत रहेकी अमिषा नेपाली सेनाको सेकेण्ड लेफिट्नेन्ट (सहायक सेनानी) मा नाम निकाल्न सफल भएकी हुन् । योसँगै उनी अब सेनामा आधिकारिक जागिरेका रुपमा समेत काम गर्ने पक्का भएको हो ।
स्मरण रहोस, अमिषा यसअघि त्रिभुवन आर्मी फुटबल क्लब मै करार सेवामा आवद्ध थिईन् । अब उनको नाम सहायक सेनानीमा निस्किएसँगै उनी स्थायी रुपमै सेनामा जागिरे समेत भएकी छिन् ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा