काठमाडौं । ललित स्मृति यु–१८ एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार नवौं चरणका अन्तिम दुई खेलहरुमा संकटा क्लब र एपिएफ फुटबल क्लबले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको दिनको पहिलो खेलमा संकटाले खुमलटार फुटबल क्लबलाई ६–३ को फराकिलो अन्तरले हराउँदै तीन अंक जोड्यो ।
यो जितपछि ९ खेलबाट १५ अंक जोडेको संकटा लिगतालिकाको पाँचौं स्थानमा छ । पराजित खुमलटार भने ३ अंकका साथ लिगतालिकाको पुछारमा संघर्षरत छ ।
त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले थ्रीस्टार फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै आफ्नो खातामा तीन अंक जोड्न सफल भयो ।
यो जितपछि ९ खेलबाट १३ अंक जोडेको एपिएफ लिगतालिकाको आठौं स्थानमा छ । उता पराजित थ्रीस्टार भने समान १३ अंकका साथ गोलभिन्नताले अगाडी रहँदै लिगतालिकाको छैठौं स्थानमा छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि