
बेलका । उदयपुरको बेलकामा जारी वाइवाई दोस्रो बेलका गोल्डकपकको पहिलो सेमिफाइनलमा जे.वाइ एस सि मोरङलाइ सडन डेथमा पराजित गर्दै गाइघाट फुटबल क्लब उदयपुर फाइनल प्रवेश गरेको छ ।
अत्यन्त प्रतिष्पर्धातमक खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टि सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टि सुटआउटमा पनि बराबर भएपछि खेलको नतिजा सडन डेथ मार्फत निकालिएको थियो ।
कार्तिक ८ गते बिहीबार दोस्रो तथा अन्तिम सेमिफाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी र एभरेष्ट फुटबल क्लब बराहक्षेत्र सुनसरी फाइनल प्रवेशका लागि भिड्नेछन ।
ब्रदरहुड फुटबल क्लब, बेलका, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १० गतेका दिन हुनेछ ।