News बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

बेलबारी । नेपाल सुपर लिग क्लब बुटवल लुम्बिनी फुटबल क्लब, रुपन्देही यहाँ जारी सातौं बेलबारी आरजु राईस गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको तेस्रो क्वाटरफाइनलतर्फ बुटवल लुम्बिनीले ब्रिगेड ब्वाईज क्लब, काठमाडौंलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । बुटवल लुम्बिनीको जितमा एरिक बिष्ट र ग्लोरीले गोल गरे । पराजित ब्रिगेडका लागि भने सुजन डंगोलले एक मात्र गोल गरेका थिए ।

खेलमा बुटवल लुम्बिनीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत कार्तिक ७ गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सलहेश युवा क्लब, सिराहा र दिलसिंहपारा, वेस्ट बंगाल, भारत बीच हुने आयोजकले जानकारी दियो ।

एलएक्स सिटी फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १० गतेका दिन हुन

 

Post Comments