News सनदकपुर एफ सि र थ्री लिप्स कागे मेलाको दोस्रो चरणमा प्रवेश
गोलनेपाल

सन्दकपुर । इलामको सन्दकपुर ५ जमुनामा शुरू भएको कागे मेला २०८१ मा सन्दकपुर एफ सी र थ्री लिप्सले विजयी शुरूवात गरेका छन । गजाधर धनमायॉ रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा जुनतारा एफ सि लाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै सन्दकपुर एफ.सि प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयमा एक एकको बराबरी भए पछि नतिजा पेनाल्टि सुट आउटबाट निकालिएको थियो ।

त्यस्तै खुल्ला पुरूष तर्फको दोस्रो खेलमा ह्वाइट रोजलाइ शुन्यका विरूद्ध ५ गोलले पराजित गर्दै थ्री लिप्सले शानदार विजयी शुरूवात गरेको छ ।

मेलाको अवसरमा आयोजित भेट्रान्स फुटबल प्रतियोगिताको पहिलो खेलमा माबु भेट्रान्सलाई शुन्यका विरूद्ध १ गोलले पराजित गर्दै तालगाउँ भेट्रान्स क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पनि खुल्ला पुरूष फुटबल तर्फ पहिलो चरणका दुइ खेल र भेट्रान्स तर्फ एक खेल हुने जमुना फुटबल क्लबका अध्यक्ष जीवन गुरूङले जानकारी दिनुभयो ।

बिस टिम सहभागि रहेको खुल्ला पुरूष फुटबल तर्फको विजेताले एक लाख पचास हजार सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले पचहत्तर हजार सहित ट्रफि प्राप्त गर्नेछ ।

Post Comments