News
फिफा रेफ्रीको पारिश्रमिकमा पनि बृद्धि

काठमाडौं । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले नेपालका फिफा रेफ्रीहरुको पारिश्रमिकमा पनि बृद्धि गर्ने निर्णय गरेको छ ।
पारिश्रमिक बृद्धिको निर्णयसँगै अब नेपालका फिफा रेफ्रीहरुले मासिक १० हजार रुपैयाँ पाउने छन् । यसअघि फिफा रेफ्रीहरुले मासिक ६ हजार पाउँदै आएका थिए ।
यो तलब रेफ्रीहरु ले प्राप्त गर्ने म्याच फि भन्दा फरक हो। रेफ्रीहरुले प्रत्यक खेलबाट कम्तिमा २,००० देखी ३,००० सम्म प्राप्त गर्नेछन।
स्मरण रहोस,नेपालमा हाल पुरुष र महिला गरि पाँच फिफा रेफ्री तथा ७ सहायक फिफा रेफ्रीहरु रहेका छन् ।
फिफा रेफ्रीहरुः
नबिन्द्र महर्जन, कबिन्द्र ब्यञ्जनकार, प्रज्वल क्षेत्री, प्रकाश नाथ श्रेष्ठ, अन्जना राई (महिला)
फिफा सहायक रेफ्रीः
ननिराम थापा मगर, माधव खत्री, युनाल श्रेष्ठ, सहदेव श्रेष्ठ, बिक्रम चौधरी, किशन यादव, बिना श्रेष्ठ (महिला)
Post Comments
Related News
- फिफा वरियतामा तल खस्कियो नेपाल
- प्रधानमन्त्री ओली : ‘खेलाडीहरू अब खेल खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ’
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त