News युइएफए महिला युरोः नर्वे र आयोजक स्वीजरल्याण्ड क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी युइएफए महिला युरो च्याम्पियनसिपतर्फ समूह ए बाट नर्वे र आयोजक स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा रोमाञ्चक जित हात पारेको नर्वे र बराबरी खेलेको स्वीजरल्याण्ड क्रमशः समूह विजेता र उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

आफ्नो अन्तिम खेलमा नर्वेले आइसल्याण्डलाई ४–३ ले हराउँदै समूह चरणमा शतप्रतिशत जित निकाल्यो । उता आयोजक स्वीजरल्याण्डले भने फिनल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो ।

यो नतिजापछि ३ खेलबाट ९ अंक जोडेको नर्वे समूहको शिर्ष स्थानमा रहँदै समूह विजेता बन्यो । ४ अंक जोडेको स्वीजरल्याण्डले समान अंक भएको फिनल्याण्डलाई गोलभिन्नताले पछि पार्दै दोस्रो स्थानमा रहेर समूह उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गर्यो ।

त्यस्तै ४ अंक भए तापनि स्वीजरल्याण्डसँग गोलभिन्नताले पछि पर्न पुगेको फिनल्याण्ड तेस्रो स्थानमा रह्यो भने अंकविहीन आइसल्याण्ड पुछारमा रहँदै समूह चरणबाट बाहिरिन बाध्य बने ।

Post Comments