News भिखाटार, बिएफजी र शंखरापुर–४ सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । भिखाटार युथ क्लब, बिएफजी र शंखरापुर–४ यहाँ जारी दोस्रो जहरसिंहपौवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ भिखाटारले हिमानी फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ ले हरायो । भिखाटारका कप्तान रुपेश भुजेल खेलको म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो क्वाटरफाइनलतपर्ः बिएफजीले सहनशील युवा क्लबलाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । बिएफजीका लागि आयुष कुँवर र अनिश लामिछानेले गोल गरे । पराजित सहनशीलका लागि भने जिनलप तामाङ एक गोल फर्काएका थिए । बिएफजीका निर्णायक गोलकर्ता अनिष लामिछाने खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

त्यस्तै अन्तिम क्वाटरफाइनलमा शंखरापुरले घुमरचोक युथ क्लबलाई १–० ले हरायो । खेलमा शंखरापुरका लागि मिङमर लामाले एक मात्र निर्णायक गोल गरे । र, खेलको म्यान अफ दि म्याच पनि चुनिए । स्मरण रहोस, बोजिनी युथ क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

जहरसिंह पौवा युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।

Post Comments