तेल्लोक । सिरिजङगा गाउँपालिका स्थित, तेल्लोक, ताप्लेजुङमा वार्षिक रुपमा आयोजना हुँदै आएको सिरिजङगा गोल्डकपको चौथो संस्करण यस पटक अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप हुने भएको छ !
तेल्लोक स्र्पोटिङ क्लब, ताप्लेजुङको आयोजनामा आउँदो मंसिर २३ देखि २९ गतेसम्म हुने गईरहेको प्रतियोगिता यसपटक अन्तर्राष्ट्रिय आमन्त्रित गराउने निर्णय भएको आयोजकले जानकारी दियो ।
सिरिजङ्गा–४, तेल्लोक स्थित स्थानीय खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीलाई पनि तिव्रता दिइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब गरी कुल ८ टोलीहरुको सहभागिता रहनेछ ।
प्रतियोगिताको पुरस्कार राशी लगायत अन्य विविध विषयमा छिटै जानकारी गराईने पनि आयोजकले जानकारी दियो । यद्यपि प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
साथै सोही अवसरमा राष्ट्रिय कलाकारहरूको साथमा सिरिजङगा मेला समेत लगाउने तयारी गरिएको छ ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि