News काठमाण्डौ जिल्ला लिगको उपाधि चितलाङ्ग एफसीलाई
गोलनेपाल

काठमाण्डौ जिल्ला लिगको उपाधि चितलाङ्ग एफसीले जितेको छ ।

जिल्ला लिगको फाईनल खेलमा चावहिल फुटबल क्लबलाई शुन्यको विरुद्ध ५ गोलले पराजित गरि उपाधिमाथी कव्जा जमाएको हो । चितलाङ्ग फुटबल क्बलाई विजयी गराउन क्लबको तर्फबाट आयुष कुंवरले १ गोल, सुजित वुढाथोकीले २ गोल, रुजित पुढासैनीले १ गोल र विकास लामाले १ गोल गरेका थिए । जित संगै क्बले च्याम्पीयन ट्रफी र नगद रु एक लाख हात पार्यो । व्यक्तिगत विधा तर्फ पनि चितलाङ्ग एफ.सीका खेलाडी सुजित वुढाथोकी म्यान अफ द सिरिज घोषित भई नगद रु ५ हजार र ट्रफी हात पारे । चितलाङ्ग एफ.सीका सक्कल रेग्मी, चन्द्र सुन्दर श्रेष्ठ र रुपेश क्षेत्री क्रमशः वेष्ट डिफेन्डर, वेष्ट गोलकिपर र वेष्ट कोच घोषित भए ।

फाईनलमा पुग्न चितलाङ्ग फुटबल क्लबले लिग चरणमा एविसि क्लवलाई शून्यका विरुद्ध २ गोल, समाजसेवा क्लबलाई शुन्यको विरुद्ध ३ गोलले पराजित गरेको थियो भने सेमीफाईनलमा पेनाल्टी सुटआउटमा दक्षिणकाली युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । यस अघि भएको छनोट खेलमा लगातार ३ खेलमा जित हासिल गर्दै चितलाङ्ग एफसीले जिल्ला लिगमा स्थान वनाउन सफल भएको थियो ।

क्लबले छनोट खेल र जिल्ला लिग गरि लगातार ७ म्याचमा विजयी हासिल गरेकोे हो । जिल्ला लिगमा च्याम्पियन भएसंगै एन्फाले सन्चालन गर्ने प्रदेश लिगको लागि समेत प्रतिनिधित्व गर्ने अवसर पाएको छ । काठमाण्डौ जिल्ला फुटबल संघले आश्विन ११ देखि १६ गतेसम्म सानो गौचरणको खेल मैदानमा सम्पन्न गरेको लिगमा १२ वटा क्लबको सहभागीता रहेको थियो भने विजयी खेलाडीहरुलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र एन्फाका उपाध्यक्ष एवं काठमाण्डौ जिल्ला फुटबल संघका अध्यक्ष विराट जङ्ग शाही लगायतले वितरण गरेका थिए ।

Post Comments