News
प्रधान सेनापति ट्रफीः श्री भैरवनाथ र काली शक्ति गण फाइनलमा भिड्ने

काठमाडौं । यहाँ जारी प्रधानसेनापति ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा श्री भैरवनाथ गण र श्री काली शक्ति ई गण उपाधिका लागि भिड्ने भएका छन् ।
राजदल खेलमैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा श्री भैरवनाथ गणले श्री चन्दननाथ गणलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । त्यस्तै दोस्रो सेमीफाइनलमा श्री काली शक्ति ई गणले श्री गोरख बहादुर गणलाई सडन डेथ ५–४ ले पराजित गर्दै फाइनलको लागि आफ्नो स्थान पक्का गर्यो ।
प्रतियोगिता अन्तर्गत फाइनल खेल मंगलबार दिउँसो १ बजे आर्मी हेडक्वार्टरको खेलमैदानमा हुने आयोजकले जानकारी दियो । त्यस्तै तेस्रो स्थानको लागि भने श्री चन्दननाथ गण र श्री गोरख बहादुर गण बीचको खेल राजदल खेल मैदानमा हुनेछ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय