दमक । ध्रुवतारा स्पोर्टिङ क्लब, दमकको आयोजनामा सोमबारदेखि १०औं ध्रुवतारा कप दमक नगर वार्डस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा वार्ड नम्बर ५ ले विजयी शुरुवात समेत गर्यो ।
प्रस्तावित मदन भण्डारि रङ्गसाशालामा भएको उद्घाटन खेलमा वार्ड नम्बर ५ ले वार्ड नम्बर ४ लाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा वार्ड नम्बर ५ का अंकित श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
यो जितसँगै वार्ड नम्बर ५ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत असोज ८ गते मंगलबारको खेल वार्ड नम्बर १ र ३ बीच हुने आयोजकले जानकारी दियो ।
यही असोज १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा