
कुञ्जलापुर । जनज्योति युवा क्लब, डिंगरनगर यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ जनज्योतिले पाहुना टोली वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जालाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
खेलमा जनज्योतिका जन्मजय धामी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज ८ गते मंगलबारको खेल आयोजक झरना स्पोर्टस क्लब, कुञ्जलापुर र देवदह ब्वाईज, देवदहबीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।
स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।