काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत संकटा क्लबले लिगमा दोस्रो जित दर्ता गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले पनि आफ्नो अपराजित लयलाई कायम राखेको छ ।
दोस्रो जित दर्ता गर्ने क्रममा संकटाले शनिबार सुदुरपश्चिममाथि ६–० को जित निकाल्यो । संकटाका लागि विदेशी खेलाडी टिमीलोपे जेनिफरले ह्याट्रिकसहित चार गोल गर्दा ममता पुन र पुर्णिमा हमालले एक–एक गोल गरे ।
यो जितपछि ७ खेलबाट ८ अंक जोडेको संकटा लिगतालिकाको छैठौं स्थानमा छ । पराजित सुदुरपश्चिम भने अंकविहीन रुपमा पुछार मै संघर्षरत छ ।
त्यस्तै शनिबार नै भएको अर्को खेलमा पुलिसले वालिङ नगरपालिकालाई २–० ले हरायो । पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरिन् ।
यो जितपछि ७ खेलबाट १५ अंक जोडेको पुलिस शिर्ष तीनमा कायम छ । पराजित वालिङ भने १२ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित