काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले टोलीको क्लोज क्याम्पका लागि कुल ५८ खेलाडीहरुको नाम समावेश गरेका छन् ।
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीहरुलाई सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा अभ्यास गराइने समेत अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट प्रतियोगिता अन्तरगत घरमै अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई विरुद्ध तीन खेलहरु खेल्न बाँकी छ । एन्फाका अनुसार त्यसैको अभ्यासका लागि खेलाडीहरुलाई राम्रो र लामो तयारी गर्न बन्द प्रशिक्षणमा बोलाइएको हो ।
बन्द्र प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा पूर्व कप्तान बिराज महर्जन सहित बिमल घर्ती मगर, दिनेश राजवंशी, आदित्य चौधरी र सन्तोष तामाङ समेत छन् । स्मरण रहोस, बिमल सहित सन्तोष र दिनेश एन्फाको अनुशासनको कारवाही स्वरुप यसअघि राष्ट्रिय टोलीमा परेका थिएनन् ।
त्यस्तै मिडफिल्डर बिक्रम लामाले भने राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गुमाउने भएका छन् । लामाको मांशपेशीको समस्याका कारण उनलाई राष्ट्रिय टोलीमा समावेश गरिएको छैन ।
एन्फाका अनुसार राष्ट्रिय टोलीको बन्द्र प्रशिक्षण आउँदो मंसिर २७ गते शनिबारदेखि आधिकारिक रुपमा शुरु गरिने बताइएको छ । प्रशिक्षण कोरोनाको सम्भावित खतरालाई मध्यनजर गर्दै बन्द ढोकाबीच हुनेछ । जहाँ खेलाडी र सम्बन्धित अफिसियल बाहेक अन्यलाई प्रवेश निषेध हुनेछ ।
प्रशिक्षणमा बोलाइएका ५८ खेलाडीहरुः
गोलकिपर्सः किरन कुमार लिम्बु, बिकेश कुथु, बिशाल श्रेष्ठ, दिप कार्की, बिशाल सुनार, अर्पन कार्की, देव लिम्बु
डिफेन्डर्सः देवेन्द्र तामाङ, रजिन धिमाल, बिराज महर्जन, बिकास खवास, सुमन अर्याल, बिकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रणदिप पौडेल, सरोज दहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज बिक, आशिष गुरुङ, दिलन लोक्तम, रोहित चन्द
मिडफिल्डर्सः सुजल श्रेष्ठ, बिशाल राई, जर्ज प्रिन्स कार्की, मिचेन तामाङ, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापा मगर, जय गुरुङ, रजत तिवारी, अरिक बिष्ट, सुवास गुरुङ, अशोक थापा, दिपेश आले मगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, सन्जोक राई, नितिन थापा
फरवार्डसः अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, बिमल राना, अन्जन बिष्ट, बिमल घर्ती मगर, राजिव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि