
काठमाडौं (एजेन्सी) । माल्दिभ्सका स्टार फरवार्ड तथा सर्वाधिक गोलकर्ता अली अशफाकले एएफसी कप ब्राकिट च्यालेञ्जको उपाधि जितेका छन् ।
यो सफलता हासिल गर्ने क्रममा उनले हङकङका चान सिउ कि लाई पछि पारे । मतका आधारमा घोषित विजेता अनुसार अशफाकले कुल ८९ प्रतिशत मत प्राप्त गरेका थिए ।
स्मरण रहोस, अशफाकले सन् २०१३ मा इण्डोनेसियामा पर्सिबो बोजोनिगोरो विरुद्ध गरेको सोलो गोल एएफसी कप ब्राकिट च्यालेञ्जको उत्कृष्ट ३२ गोलमा छनौट हुन सफल भएको थियो । जुन गोलले उनलाई विजेता समेत बनायो ।
Congratulations @AliAshfaq07 for winning the @theafcdotcom Bracket Challenge.
— Bassam Adeel Jaleel (@bassam_jaleeI) November 29, 2020
Thanking the wonderful and tireless work by the beloved Maldivians 🇲🇻 pic.twitter.com/yxtuP3rDmP
सन् २०१३ को एएफसी कपतर्फ इण्डोनेसियाको सुराकर्तामा भएको सो खेलमा अशफाकले न्यु रेडिअन्टका लागि खेल्दै एक्लैले पाँच गोल समेत गरेका थिए । सो खेलमा न्यु रेडिअन्ट ७–० ले विजयी भएको थियो ।
यो सफलता हासिल गरेपछि अशफाकले आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् । दक्षिण एसिया कै सर्वकालिन महान र उत्कृष्ट फुटबल खेलाडीका रुपमा दरिएका ३५ बर्षिय अशफाकले राष्ट्रिय टोलीका लागि सर्वाधिक ५३ गोल समेत गरेका छन् ।
उनकै कप्तानीमा माल्दिभ्सले दुई बर्ष अघि बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपको उपाधि दोस्रोपटक जित्न सफल भएको थियो ।