News
फ्रेण्ड्स क्लब र कैलाली जिल्ला फुटबल संघबीच सहमति
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको कैलाली जिल्ला फुटबल संघ र फ्रेन्ड्स क्लबबीच कैलाली जिल्ला र काठमाडौँमा नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
नियमित फुटबल प्रशिक्षण कार्यक्रमका सबै विषयहरू यही साउनको अन्तिम सातासम्ममा टुङ्गो लगाई सहमतिपत्रमा हस्ताक्षर गरिने एन्फा कार्यसमिति सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल र फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाहले बताए ।
नियमित प्रशिक्षणको कार्यक्रम यही २०८१ कार्तिक ३ गते शनिबार कैलाली र काठमाडौँमा एकै दिन शुभारम्भ गरिने र प्रशिक्षणमा महिला र पुरुषका सबै उमेर समूहका खेलाडीलाई समेटिने पनि दुवै पक्षले जनाएका छन्।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान