News
अर्घाखाँचीमा खुला नकआउट फुटबल प्रतियोगिता हुँदै
सन्धिखर्क । हुलीगन्स फुटबल क्लब, सन्धिखर्क, अर्घाखाँचीको आयोजनामा यही साउन २३ गतेदेखि खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
सन्धिखर्क–१ स्थित टुंडिखेल मैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9857049340, 9867151410, 9852089200 मा सम्पर्क गर्न सकिनेछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान