News
भुटान प्रिमियर लिगमा सुमन श्रेष्ठको प्रशिक्षकीय 'डेब्यु'
काठमाडौं । पहिलोपटक भुटानको शिर्ष फुटबल लिग भुटान प्रिमियर लिगमा फुङ्सोलिङ हिरोज फुटबल क्लबको जिम्मेवारी स्म्हालेका नेपालका युवा प्रशिक्षक सुमन श्रेष्ठले भुटानको टप लिगमा आफ्नो नयाँ क्लबका लागि प्रशिक्षकीय डेब्यु गरेका छन् ।
लिग अन्तर्गत शनिबा बिएफएफ एकेडेमी विरुद्ध प्रशिक्षक सुमनले प्रशिक्षकीय डेब्यु गरेका हुन् । यद्यपि सो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
यो नतिजापछि ९ खेलबाट १० अंक जोडेको फुङ्सोलिङ लिगतालिकाको सातौं स्थानमा छ । त्यस्तै बिएफएफ एकेडेमी भने समान अंकका साथ आठौं स्थानमा छ । शिर्ष स्थानमा भने २५ अंक जोडेको पारो एफसी रहेको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल