News
चर्च ब्वाईजको जिम्मेवारी बालगोपाल कै हात
काठमाडौं । एएफसी च्यालेञ्ज लिग खेल्ने तयारीमा रहेको नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै कायम रहेका छन् । त्यस्तै टोलीको सहायक प्रशिक्षक रमेश दंगल रहेका छन् ।
स्मरण रहोस, चर्च ब्वाईजले एएफसी च्यालेञ्ज लिग कै लागि भनेर नेपालका अधिकांश चीचृत खेलाडीहरुलाई आफ्नो स्कवाडमा सामेल गरिसकेको छ । जसमा अन्जन बिष्ट, अनन्त तामाङ, लाकेन लिम्बु, एरिक बिष्ट, दिप कार्की, आयुष घलान जस्ता खेलाडीहरु सामेल छन् ।
चर्च ब्वाईजले एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणतर्फ आउँदो अगस्त १३ तारीखका दिन भुटानको पारो फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ । जुन खेल दशरथ रंगशालामा हुने तय भईसकेको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल