News
चर्च ब्वाईजसँग थ्रीस्टार निराश, एनआरटीको लगातार दोस्रो जित
काठमाडौं । एन्फा युथ लिग अन्तर्गत चर्च ब्वाईज युनाइटेडले पहिलो जित हात पार्दा न्युरोडटिम (एनआरटी) ले लगातार दोस्रो जित दर्ता गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चर्च ब्वाईजले थ्रीस्टार क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो । चर्च ब्वाईजका लागि अमन तामाङले एक मात्र निर्णायक गोल गरे ।
दोस्रो खेलमा एनआरटीले खुमलटार एफसीलाई समान १–० को गोल अन्तरले हरायो । एनआरटीलाई लगातार दोस्रो जित दिलाउने क्रममा सन्तोष गोङबाले एक मात्र निर्णायक गोल गरे ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन